• बैशाख ६ २०८२, शनिबार

मिडियाले आफ्नो मानहानी गरेको भन्दै शिल्पाले मागिन २५ करोड भारु क्षतिपूर्ती

श्रावण १५ २०७८, शुक्रबार

बम्बई । भारतीय बलिउड अभिनेत्री शिल्पा शेट्टी केही सञ्चारमाध्यममा प्रकाशित भएका समाचारले आफ्नो मानहानी गरेको भन्दै अदालत गएकी छिन् ।

टाइम्स अफ इन्डियाका अनुसार शिल्पाले पछिल्लो समय विभिन्न मिडियामा प्रकाशित समाचार र भिडिओले अफवाह फैलाएको र मानहानी गरेको भन्दै बम्बई हाइकोर्टमा मुद्दा हालेकी छिन् ।

शिल्पाका श्रीमान तथा व्यापारी राज कुन्द्रा अश्लील चलचित्र बनाइ प्रसारण गरेको आरोपमा पक्राउ परेका छन् । सोही विषयमा आफूलाई जोडेर आधारहीन समाचार र भिडिओ मिडियामा आएकाले तिनलाई हटाउनु पर्ने, सम्बन्धित मिडियाले माफी माग्नुपर्ने र आफूलाई २५ करोड भारु क्षतिपूर्ति दिनु पर्ने भन्दै शिल्पाले मुद्दा हालेकी छिन् ।

श्रीमानमाथि लागेको आरोपमा आफ्नो कुनै संलग्नता नरहेको तर झुठो समाचार आइरहेकाले समाज, प्रशंसक र परिवारमा आफ्नो छवि धुमिलिएको शिल्पाले बताएकी छिन् ।