मुक्ति गैरे, पाल्पा २०७८ साउन १३ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी पाल्पाले शैक्षिक क्षेत्रमा देखिएका समस्याहरु औल्याउँदै मागपत्र पेश गरेको छ ।
क्रान्तिकारी पाल्पाले आज विज्ञान तथा शिक्षा इकाई समन्वय कार्यालय पाल्पामा अध्यक्ष लंकबहादुर राना, रिब्दिकोट गाँउपालिका शिक्षा इकाई समितिको कार्यालयमा उपाध्यक्ष सुदिप विश्वकर्मा, रामपुर नगरपालिका शिक्षा इकाई समितिका सचिव रुपा सेनठकुरीको नेतृत्वमा कार्यालय प्रमुखलाई भेटेर मागपत्र बुझाइएको हो ।
जिल्लामा देखिएका स्थानीय तहदेखि त्रिभुवन विश्वविद्यालय एवम जिल्ला सदरमुकामस्थित तानसेनमा रहेका क्याम्पसमा भएका शैक्षिक समस्या, शिक्षक तथा विद्यार्थीहरुका समस्याहरुलाई तुरुन्तै समस्या समाधान गर्न चेतावनी सहित मागपत्र पेश गरेको जिल्ला अध्यक्ष लंकबहादुर रानाले बताए ।
उनले भने यदि हाम्रा मागहरु वेवास्ता गरे प्रतिरोधात्मक संघर्ष सहित समस्या समाधानमा उत्रिने चेतावनी समेत दिए ।