काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानको सुरक्षा गर्दै चोरी निकासी रोक्नुपर्ने बताएका छन् । विश्व बाघ दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको बासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउने तर्फ ध्यान दिनुपर्ने बताए।
उनले भने, ‘बाघको लागि जंगल आवश्यक छ । जंगल र बाघ एक अर्काको लागि आवश्यक कुरा हुन् । बाघको बासस्थान सुरक्षित गर्न विशेष ध्यान दिनुपर्छ ।’
बाघ र मानिसका बीचमा समस्या रहेको भन्दै ती समस्याहरुको समाधानका उपाय निकाल्नु आवश्यक रहेको उनको भनाइ थियो ।