• बैशाख ६ २०८२, शनिबार

अमेरिकामा शक्तिशाली भूकम्प

श्रावण १४ २०७८, बिहीबार

एजेन्सी। अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ। अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ।

स्थानीय समयानुसार दिउँसो २.१५ बजे सो भूकम्प गएकोे हो। सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन्।

भूकम्पको केन्द्रविन्दु आसपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको छ।