काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन २२ जना सांसदहरूले दबाब दिएका छन् ।
बुधबार नेता नेपालसँग छलफलमा जुटेका २२ जना सांसदहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने भन्दै दबाब दिएका हुन् ।
वरिष्ठ नेता नेपाल भने तत्काल सरकारमा नजाने बताउदै एकता प्रयास जारी रहेको जनाएका छन् । तर नेपाल पक्षीय कतिपय सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् ।