• बैशाख १३ २०८३, आईतवार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

श्रावण १३ २०७८, बुधबार

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ३०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९१ हजार ६०० रुपैयाँ रहेको छ ।

यसैगरी चाँदीको मूल्य भने आज घटेको छ । बुधबर चाँदी १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।