• फाल्गुन २७ २०८२, बुधबार

तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनको सहमति

श्रावण १३ २०७८, बुधबार

काठमाडौं । नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने समझदारी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सत्तापक्षका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काअनुसार आजको बैठकबाट तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ।

आजको बैठकमा मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिनेलगायत विषयमा छलफल भएको बताइएको छ ।

यस्तै गठबन्धनको तर्फबाट सरकारको साझा कार्यक्रम नीति तथा कार्यक्रम ल्याउनेबारे पनि बैठकमा छलफल भएको छ ।