• फाल्गुन २७ २०८२, बुधबार

राष्ट्रपतिद्वारा पहिलो युद्ध संग्रहालयको उद्घाटन

श्रावण १३ २०७८, बुधबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपालकै पहिलो युद्ध संग्रहालयको बुधबार बिहान उदघाटन गरेकी छन् ।

बुधबार बिहान सेनाको हेलिकोप्टरमार्फत सिन्धुलीगढीपुगेकी भण्डारीले रिबन काटेर युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् ।

युद्ध संग्रहालय कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले निर्माण गरेको हो ।

सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको २०७३ साल कात्तिक २४ गते पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका थिए ।