काठमाडौँ। जनता समाजवादी पार्टी(जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बालकुमारीस्थित पार्टी कार्यालयमा आज दिउँसो २ बजे बैठक बस्न लागेको हो ।
आजको बैठकमा पार्टीको आगामी रणनीति, सरकारमा सहभागीता लगायतका विषयमा छलफल हुने बताइएको छ ।
५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षमा ३४ जना सदस्य देखिएपछि आयोगले सोमबार यादव पक्षलाई नै आधिकारिकता दिएको थियो ।