• बैशाख १३ २०८३, आईतवार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

श्रावण १२ २०७८, मंगलवार

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ३०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९१ हजार ३०० रुपैयाँ रहेको छ।

यसैगरी चाँदीको मूल्य भने आज पनि स्थिर छ । मंगलबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।