• फाल्गुन २७ २०८२, बुधबार

संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् : भट्टराई

श्रावण १२ २०७८, मंगलवार

काठमाडौँ। पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीका विरूद्ध कसैले बोल्यो भन्दैमा तरंगित हुनु नपर्ने बताएका छन् । भट्टराईले बरु त्यस्ता शक्तिसँग वैकल्पिक राजनीतिको सपना बोकेका युवाहरु भने सचेत बन्नुपर्नेमा जोड दिएका छन् ।

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मबारे जनमत संग्रहको प्रस्ताव गरेपछि बाबुरामले जवाफमा यस्तो बताएका हुन् ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,“झिंगाको सरापले डिंगा मर्दैन । कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीविरूद्ध बोल्यो भन्दैमा तरंगित हुनपर्दैन,” ,“संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन । बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून् ।”