• मंसिर १० २०८१, सोमबार

गरिब जनताका लागि विद्युत महसुल घटाउने योजना बनाउँछु : उर्जामन्त्री भूसाल

श्रावण १२ २०७८, मंगलवार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने तयारी गरेको बताएकी छिन् ।

मन्त्रालयमा सोमवार आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउने बताएकी हुन् । सामाजिक न्यायमा आधारित आर्थिक विकासमा आगाडि बढ्न ऊर्जाक्षेत्र आधारभूत पूर्वाधार रहेको उनको भनाइ छ ।

‘ऊर्जा आर्थिक तथा औद्योगिक विकासका निम्ति कच्चा पदार्थ हो । त्यसको खपत स्वदेशमै हुनुपर्छ,’ उनले बताइन् । नेपालमा उत्पादन भएको विद्युत नेपालमै प्रयोग गर्न सक्ने गरी विकासका योजनाहरु बनाउर्ने विषयलाई केन्द्रविन्दुमा राख्नुपर्नेमा उनको जोड थियो । मन्त्री भुसालले विद्युतको दरमा पुनर्विचार गर्ने पनि बताइन् ।

‘हाम्रोमा विद्युतको दर महँगो छ । सामान्य अर्थशास्त्र अनुसार जति धेरै उत्पादन हुन्छ, लागत मूल्य कम हुन्छ । उपभोक्ताका रुपमा मेलै गरेको अनुभव जति खपत बढी भयो दर कम हुनुपर्ने हो तर यहाँ त्यस्तो छैन,’ उनले भनिन्, ‘विद्युतको दरमा पुनर्विचार गर्नुपर्छ । विद्युत महसुल समायोजन गर्नुपर्छ ।’
यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।