• फाल्गुन २७ २०८२, बुधबार

आरोप प्रत्यारोप अन्त्य गरेर पार्टी एकतामा जोड दिने नेपाल पक्षको निर्णय

श्रावण ११ २०७८, सोमबार

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आरोप प्रत्यारोपलाई अन्त्य गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको छ ।

सोमबार काठमाडौँमा बसेको नेपाल पक्षको स्थायी कमिटी सदस्यको बैठकले आपसी मतभेदलाई हटाउँदै पार्टी एकतामा जोड दिने निर्णय गरेको नेता रघुजी पन्तले बताए ।

एकताका लागि गम्भीरतापूर्वक लाग्ने बताउदै उनले मूल कुरा पार्टीको एकता नै भएकोमा जोड दिए ।

पन्तले बैठकमा पछिल्लो राजनीतिक अवस्था र संसदलाई पूर्णकालसम्म सञ्चालन गर्ने विषयमा पनि छलफल भएको बताए ।