• मंसिर १२ २०८१, बुधबार

चैतसम्म २ करोड ६४ लाख जनालाई खोप दिने सरकारको लक्ष्य

श्रावण ११ २०७८, सोमबार

काठमाडौं । सरकारले बालबालिकासहित सबै नागरिकका लागि चैतसम्म २ करोड ६४ लाख जनालाई खोप दिने लक्ष्य लिएको छ ।

बालबालिका लागि मात्रै ६० लाख मात्रा कोरोना विरुद्धको खोपका लागि प्रक्रिया अगाडि बढाएको छ ।

१२ वर्षदेखि माथिका बालबालिकाहरुका लागि खोप ल्याउने प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले सोमबार बसेको प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा असोजदेखि चैतसम्म ३ करोड २३ लाख मात्रा खोप प्राप्त हुने बताए ।

यद्यपि सरकारले चैतसम्म ४ करोड २८ लाख ४८ हजार बढी मात्रा खोप प्राप्त हुने प्रक्षेपण गरेको छ ।

सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात २ करोड १५ लाख जनसंख्यालाई खोपको प्राथमिकतामा पारेको थियो । त्यसमा बालबालिका परेका थिएनन् । तर अहिले १२ देखि १८ वर्षसम्मका ४९ लाख बालबालिका समेत गरी २ करोड ६४ लाख जनालाई खोप दिने लक्ष्य सरकारले राखेको छ ।