• फाल्गुन २७ २०८२, बुधबार

सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच भेटवार्ता

श्रावण ११ २०७८, सोमबार

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ ।

सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच भेटवार्ता भएको हो ।

भेटमा उनीहरुबीच संसदलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा छलफल भएको बताइएको छ ।

त्यस्तै सभामुख सापकोटाले विपद् संकटग्रस्त क्षेत्र घोषित जिल्लाहरुमा सरकारको प्राथमिकताबारे जिज्ञासा राखेका थिए । अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा तत्काल बेलीब्रिज राख्न निर्देशन दिइसकेको जानकारी दिए ।

सरकारले साउन ४ गते सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।