काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक विवादमा हस्ताक्षर सनाखत गर्ने डिल्लीबजार कारागारबाट निर्वाचन आयोग आएका कार्यकारिणी समिति सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् ।
सोमबार दिउँसो निर्वाचन आयोग उनलाई पुर्याइएको हो । यसअघि उनको हस्ताक्षर जेलबाटै सनाखत गर्ने तयारी थियो ।
उपेन्द्र यादवको पक्षमा ३४ जनाको हस्ताक्षर सनाखत भएको छ भने महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन्।
यसैबीच चौधरीले आफू कुनै पक्षमा नलागि आफू जसपाको कार्यकर्ता भएकाले तटस्थ बस्ने निर्णय गरेका छन् ।