काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीको हकमा कोरोनाविरुद्धको खोप लगाउन दुई वटा अस्पताल तोकेको छ ।
स्वास्थ्य मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै अबदेखि विदेश जाने श्रमिक र विद्यार्थीले उपत्यकाको प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर कोरोनाविरुद्धको खोप लगाउन सक्ने जनाएको छ । तर खोप लगाउन जाँदा पासपोर्ट र भिसा भने देखाउनुपर्ने भनिएको छ ।
अब विदेश जाने कामदार वा विद्यार्थीले आफूलाई पायक परेको समयमा यी अस्पतालमा गएर खोप लगाउन सक्नेछन् ।
पछिल्लो समय विभिन्न देशहरुले बाहिरबाट आउने कामदार र विद्यार्थीलाई कोरोना खोप अनिवार्य गरेको छ ।