• बैशाख ६ २०८२, शनिबार

संक्रमण बढिरहेका बेला अमेरिका लगत दिशामा हिँड्यो : बाइडनका स्वास्थ्य सल्लाहकार फाउची

श्रावण ११ २०७८, सोमबार

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोना भाइरसको संक्रमण बढिरहेको बेला अमेरिका गलत दिशामा हिँडिरहेको टिप्पणी गरेका छन् ।

स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे विचार गरिरहेको पनि उनले बताए । आइतबार सीएनएनसँग कुरा गर्दै फाउचीले सो कुरा बताएका हुन् । फाउचीका अनुसार कोरोनाभाइरसको खोप लगाइने दर कम भएका क्षेत्रमा अति संक्रामक डेल्टा भेरिअन्ट बढिरहेको छ ।

प्रमुख संक्रामक रोग विशेषज्ञ फाउचीका अनुसार अमेरिकामा कोरोना भाइरस खोप नलगाएका ९९.२ प्रतिशत व्यक्तिको कोरोनाबाट मृत्यु भएको छ ।

अमेरिकामा हालसम्म ४९ प्रतिशतले पूर्ण खोप लगाइसकेको बताइन्छ । गत अप्रिलदेखि भने खोप लगाउने दर केही घटेको देखिएको छ । फाउचीले युवाहरुले खोप लगाउन नमान्नु निकै निराशाजनक भएको बताए ।