काठमाडौं । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय सञ्चालक श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजिक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष शपथ लिएका हुन् ।
शपथपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै राज्यमन्त्री श्रेष्ठले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खोप नै पहिलो प्राथमिकता रहेको बताए ।
प्रधानमन्त्रीको सिफारिशमा श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राज्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।