• मंसिर १० २०८१, सोमबार

ब्युँझियो गजेन्द्रनारायणको नेपाल सद्भावना पार्टी

श्रावण १० २०७८, आईतवार

काठमाडौं । एकताक चर्चामा आएको नेपाल सद्भावना पार्टी ब्युँझाइएको छ । रामकुमार महतो, सिताराम रौनियार, भरत साह, रवीन्द्र चौधरी, सत्यनारायण साह, पवन साह लगायतका केही व्यक्तिहरूले निर्वाचन आयोगमा नेपाल सद्भावना पार्टी नाम गरेको दल दर्ता गरेका छन् ।

आयोगमा उक्त पार्टी १ सय ५५औं नम्बरमा दर्ता भएको छ । साथै आयोगले उक्त पार्टीलाई पञ्जाछाप चुनाव चिन्ह प्रदान गरेको छ । पञ्जाछाप चुनाव चिह्न पुरानो सद्भावना पार्टीको चुनाव चिह्न हो ।

२०४७ बैशाख ३ गते गजेन्द्रनारायण सिंहको नेतत्वमा नेपाल सद्भावना पार्टी दर्ता भएको थियो । पछि उक्त पार्टीको नाममा थुपै कानुनी लडाइँ भएको थियो । नेपाल सद्भावना पार्टीको आधिकारिकता पाउन निर्वाचन आयोग र सर्वोच्चमा पटकपटक मुद्दा दायर भएको थियो ।

पछिल्लो समयमा नेपाल सद्भावना पार्टी अनिल झासँग पुगेको थियो । झाले नेपाल सद्भावना पार्टीलाई तत्कालीन राष्ट्रिय जनता पार्टीसँग एकीकरण गराएका थिए । त्यसपछि नेपाल सद्भावना पार्टी नेपाली राजनीतिबाट हराएको थियो ।

हराएको पार्टीलाई पुन ब्युँझाइएको सहमहासचिव राजेश चौधरीले बताए । उनले भने, ‘यो पार्टीलाई पहिले झैं मधेसमा लोकप्रिय बनाउछौं ।’

यो समाचार नागरिक दैनिकमा छ ।