• फाल्गुन २७ २०८२, बुधबार

युथफोर्स आतंकको स्रोत होइन, आतंक सिर्जना गर्नेलाई ठेगान लगाउने संगठन हो : ईश्वर पोखरेल

श्रावण ९ २०७८, शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले युथफोर्स आतंकको स्रोत नभइ आतंक सिर्जना गर्नेलाई तह लगाउने संगठन भएको बताएका छन् । एमालेको भातृ संगठन युवा संघले आयोजना गरेको युथ फोर्स भ्याली कमाण्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई लत्याउन खोजियो भने त्यसको प्रतिवाद युवाहरूले गर्नुपर्ने बताए ।

उनले भने, ‘युथफोर्स आतंकको स्रोत होइन, कोही आतंक सिर्जना गर्न चाहन्छन् भने त्यसलाई ठेगान लगाउने संगठन हो,’ ‘हामी कानुनी शासनलाई मान्छौं । कानुन हातमा लिँदैनौँ ।’

युथ फोर्सले जनताले नरुचाएको काम नगर्ने, उत्पादनका कुरासँग जोडिने, रोजगारी र स्वरोजगारीको पक्षमा अभियान चलाउने काम गर्नुपर्ने पोखरेलको भनाइ थियो ।