• फाल्गुन २७ २०८२, बुधबार

काठमाडौंमा युथ फोर्सको प्रदर्शन

श्रावण ९ २०७८, शनिबार

काठमाडौँ। नेकपा एमालेको युवा संगठन युथ फोर्सको काठमाडौं उपत्यकास्तरीय समिति (भ्याली कमान्ड) शनिबार घोषणा हुँदैछ । उक्त घोषणा कार्यक्रमअघि युथ फोर्सले काठमाडौंमा विभिन्न स्थानबाट र्‍याली निकालेको  थियो ।

माइतीघरदेखि नयाँ वानेश्वर हुँदै युथ फोर्सको र्‍याली कार्यक्रमस्थल बबरमहलस्थित कार्की ब्यांकेटमा पुगेर सभामा परिणत भएको छ । उक्त सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ ।