• मंसिर ११ २०८१, मंगलवार

टोकियो ओलिम्पिक्सको पहिलो स्वर्ण चीनलाई

श्रावण ९ २०७८, शनिबार

काठमाडौँ। टोकियो ओलिम्पिक्स २०२० को पहिलो स्वर्ण चीनले जितेको छ । चिनियाँ खेलाडी एअर राइफल शुटर याङ चीयानले १० मिटर एअर राइफल शुटिङ प्रतिस्पर्धामा स्वर्ण पदक जित्दै टोक्यो ओलम्पिकको पहिलो स्वर्ण जितेकी हुन् ।

निकै कडा प्रतिस्पर्धामा रुसकी अनास्तताशिया गालासिन्हालाई अन्तिम राउन्डमा हराएर उनले स्वर्ण जितेकी हुन् ।

उद्घाटन समारोहकै दिन फेन्सिङ, जुडो र भारोत्तोलन सहित अरू १० खेल प्रतिस्पर्धा भएका थिए ।