टोकियो । विश्व खेलकुदकै महाकुम्भको रुपमा चर्चित ओलम्पिक गेम्सको ३२औं संस्करणको उद्घाटन समारोह टोकियोस्थित ओलम्पिक रंगशालामा भएको हो ।
आतिसबाजी र जापानी संस्कृति प्रदर्शनसँगै प्रविधिको प्रयोगबाट समारोहलाई भव्य बनाइएको छ । जापानका सम्राट नारुहितो, प्रधानमन्त्री योसिहिदे सुगा, अमेरिकी प्रथम महिला जिल बाइडेन, अन्तराष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस बाच तथा विभिन्न राष्ट्रका प्रमुखहरूको उपस्थिति रहेको छ ।
जापानको राष्ट्रिय गानसँगै सुरु भएको उद्घाटन समारोहमा जापानी सांस्कृतिक झाँकी र ओलम्पिकमा आवद्ध खेलसम्बन्धी कला प्रदर्शन गरेका छन् । यो ओलम्पिकमा २०४ देश र शरणार्थी टिमका ११ हजार बढी खेलाडी सहभागी छन् ।
तस्बिर सौजन्य : टोकियो ओलम्पिक २०२०