कमल गाउँले हास्यव्यङ्ग्य विधाका शसक्त कलाकार हुन् । कमल गाउँले अभिनय कलाकारीता जगतमा परिचित नाम हो । हास्यव्यङ्ग्य क्षेत्रमा र गायन तथा लेखन क्षेत्रमा पनि यो नाम धेरैले सुनेका छन् । दाङबाट उनको कला यात्रा सुरु भएको मानिन्छ । वि.सं २०५० सालमा ‘नवयुग नाट्य समूह’बाट गाउँलेको कलाकारीता यात्रा सुरु भएको हो ।
यो समूहले स्थानीय स्तरमा नाटक देखाउने गर्थ्यो । पछि काठमाडौं आएपछि साँस्कृतिक संस्थानमा उनले अभिनयको कक्षा लिएका थिए । त्यसबेला उनीसँगै अहिलेका चलेका अधिकांश रंगमञ्चका कलाकारले त्यहीँबाट अभिनय सिकेका थिए ।
उनले पहिलो पटक अभिनय गरेको नाकट हो, ‘हराएकी बहिनी’ । यो नाटक वि.सं २०५६ सालमा मञ्चन भएको थियो ।
ऊ मरेकी छैन, नैनीका राम, खाते, मेरो गाउँ उनले गरेका र मन पराइएका नाटकहरु हुन् । उनले नाटकमा सिर्फ अभिनय मात्रै गरेनन् । नाटक लेख्ने देखि निर्देशन गर्नेसम्मको काम पनि गरे ।
यति भएर पनि उनी रंगमञ्चमा मात्रै पनि सिमित रहेनन् । उनी चलचित्रको सेतो पर्दामा पनि देखिए । करिब २० वटा चलचित्रमा उनले अभिनय गरेका छन् । चन्द्र सूर्य, देब्यानी, ढुकुटी, खबरदार, छक्का–पञ्जामा कमलले पनि अभिनय गरेका छन् ।
उनले चलचित्रसँगै टेलिचलचित्रमा पनि अभिनय गरेका छन् । टेलिचलचित्र ‘तीतोसत्य’मा अभिनय गरेका उनी त्यहाँबाट जेठा दाईका रुपमा आम जनसमुदायसामु चिनिए । यहीँबाट उनको कला यात्रा अझ फराकिलो भयो ।
कमलले १५ सयभन्दा धेरै गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् । ‘गर्नु गर्यौ बलराम भैंसी पालेर’ उनले अभिनय गरेका भिडियोमध्ये चलेको गीत हो । यसबाट उनलाई बलराम भनेर धेरैले चिने । अहिले कमल गाउँले भन्दा पनि बलराम भनेर उनलाई धेरैले चिन्छन् । जँड्याहाको रोलमा उनी विशेष फिट हुन्छन् ।
हरेक वर्ष आउने गाइजात्राको समयमा उनले पनि मनोरञ्जनात्मक तथा व्यङ्ग्यातमकरुपमा चोटिला प्रस्तुतीहरु दर्शकमाझ पस्कन्छन् । यसपटक पनि उनी निकै रोचक र घोचक व्यङ्ग्य लिएर दर्शकसामू आएका छन् । यसपटकको गाइजात्रालाई उनले ‘बाइ लप यु केपी बा’ नाम दिएका छन् । सधै झैं यसपटक पनि उनी समाजमा भए गरेका र रहेका विकृति र विसंगतिप्रति कडारुपमा कटाक्ष र प्रहार गरेका छन् ।
खासगरी गाइजात्राको माध्यमबाट वर्षको एकचोटी यस्ताखाले विकृति विरुद्ध प्रहार गर्न पाइन्छ । राजनीति र समाजका हरेक क्षेत्रमा रहेका विभिव्व खाले खराब प्रवृतिलाई सिधै भन्दा आरोप लगाएको हुने भएकोले गाइजात्राको माध्यमबाट हरेक क्षेत्रमा देखिएका विकृतिहरुलाई कटाक्ष गर्न पाइने भएकोले कलाकारहरुले यो मौकालाई सदुपयोग गरेका हुन् ।
यही अवसरलाई सदुपयोग गर्दै नेपाली कलाकारहरुले समाजमा रहेका यस्ता विकृति विरुद्ध निकै चोटीलो प्रहार गर्दे आएका छन् । यसपालीको गाइजात्रामा कमल गाउँलेले दक्षिको पिलोले नेपाल थिलथिलो भएको भनेका छन् । भ्रष्टाचार गर्नेलाई उनले हैजाले लैजावस् भनेर कामना गरेका छन् ।
गाइजात्रा मार्फत् उनले सरकारको पनि कडा व्यङ्ग्य पनि गरेका छन् । बहुमतको क्मयुनिस्ट सरकारलाई पनि उनले कडा प्रहार गरेका छन् । कम्युनिस्टहरु लड्दा काँग्रेसलाई सरकार चिट्ठा परेको उनको भनाई रहेको छ । कोरोना महामारीका जनता बचाउनेमा लागेका सेना, प्रहरी, स्वास्थ्त्यकर्मी र डाक्टरहरुलाई उनले स्यावासी दिएका छन् ।
गाउँलेले आफूलाई पनि कोरोनाले धन्नै लगेको खुलासा गर्दै धेरै आफन्त र साथीभाई गुमाएकोमा पीडा व्पनि व्यक्त गरेका छन् । कोरोनाले जनता खायो, राजनीतिले देश खाएको उनको बुझाई रहेको छ । राजनीतिमा देखिएका नकारात्मक कुरालाई उनले जस्ताको तस्तै देखाइदिएका छन् । प्रधानमन्त्रीले राष्ट्रपतिले सपथ खाँदा ‘त्यो पर्दैन’ भनेर भनेको शब्दलाई जाउँलेले निकै नै चोटीलोरुपमा प्रस्तुत गरेका छन् ।
राष्ट्रपतिले आफूलाई बेलायतकी राजकुमारी झैं ठान्ने गेको आरोप पनि कमलले लगाएको छन् । अघिपछिको समयमा यसरी आरोप लगाएको भए सायदलाई सजाय हुने थियो तर गाइजात्राको अवसर भएकोले उनलाई कुनैपनि कारबाही हुनेछैन । गाउँलेले प्रधानमन्त्री ओलीले भारतीयलाई नागरिकता बाँडेको आरोप पनि लगाएका छन् ।
उनले प्रचण्डले नारायणकाजी श्रेष्ठलाई बोकेको आरोप पनि उनले लगाएका छन् । उनले नेपालका बिग्रिएका कम्युनिस्टालाई उनले अब कमरेड होइन ‘कम रेट’ (कम मुल्य भएको) भन्नुपर्ने उनको सुझाव रहेको छ । यसपालीको गाइजात्रामा गाउँलेले छोटा कपडा लाएर हिँड्ने नेपाली केटीलाई किनै नै घोंचेका छन् ।
उनले कलाकार प्रियंका कार्कीको पेटमा भएको बच्चाले नाइटोबाट जुस खाएकोमा उनले मुख बिगारेर व्यङ्ग्य गरेका छन् । गणतन्त्रमा प नि गुण्डालाई मन्त्री बनाएकोमा उनले रोष प्रकट गरेका छन् । र मोबाइलले नेपाली जोडीहरुको बिछोड बनाएकोमा उनले मोबाइललाई गाली गरेका छन् । उनका यी र यस्तै व्यङ्ग्य र प्रहारबाट मानिसहरुमा सकारात्मक चेतना पैदा गरोस्, शुभकामना ।