• मंसिर १२ २०८१, बुधबार

कोशीनदीमा पानीको सतह बढेपछि ब्यारेजका २४ ढोका खोलिए

श्रावण ८ २०७८, शुक्रबार

काठमाडौँ । कोशी नदीमा पानीले सतह नाघेपछि कोशी ब्यारेजका २४ वटा ढोका खोलिएको छ । अविरल रुपमा भइरहेको वर्षाका कारण देशका धेरैजसो नदीहरुमा पानीको बहाव बढ्नुका साथै नेपालको तराई क्षेत्र बाढीको जोखिममा परेको छ ।

जल तथा मौसम महाशाखाको बाढी विभागले बताए अनुसार शुक्रबार बिहान साढे ६ बजेसम्म कोशीमा पानको बहाव बढेर १ लाख ७७ हजार ८ सय ७५ क्युसेक पुगेको थियो । दिउसो ब्यारेजका दुबैतर्फका नहर खुला गरिएको छ भने दुवै तर्फ रातो झण्डा देखाइएको छ ।

कोशी ब्यारेजमा जम्मा ५६ वटा ढोका रहेका छन् । कोशीमा पानीको सतहलाई हेरेर ती ढोकाहरु खोल्ने गरिन्छ । ब्यारेजका ढोका खोल्ने वा नखोल्ने कार्य भारतीय पक्षले मात्र गर्ने भनेर नेपाल र भारतबीच ६५ वर्ष अघि भएको सम्झौतामा लेखिएको छ ।