• फाल्गुन २७ २०८२, बुधबार

सरकारमा जान्नौं भन्नुहुन्थ्यो, बधाई दिनुपर्ने अवस्था आयो : नेम्वाङ

श्रावण ८ २०७८, शुक्रबार

काठमाडौँ। पूर्वसभामुख तथा एमाले नेता सुवास नेम्वाङले जनादेश प्राप्त नभएकाले सरकारमा जान्न भन्ने शेरबहादुर देउवालाई अहिले बधाई दिनुपर्ने अवस्था आएको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेम्वाङले भने,’मन्त्रिपरिषद् गठनको विषयमा नै प्रधानमन्त्री देउवाले हामीलाई यसपटक जनताले जनादेश दिएका छैनन्, त्यसकारण म सरकारमा जान्न भन्नुभएको थियो । तर अहिले त बधाई दिनुपर्ने अवस्था आयो,’ नेम्वाङले भने, ‘अहिले सम्माननीय प्रधानमन्त्री अगाडि हुनुहुन्छ र बधाई दिँदैछु । कहिले जनादेश प्राप्त भएछ थाहा छैन ।’

संविधानले प्रधानमन्त्री चयनको व्यवस्था गरेको र त्यो भनेको जनताको जनादेशबाट हुने गरेको नेम्वाङको भनाइ थियो ।