• फाल्गुन २७ २०८२, बुधबार

भीम रावलले फिर्ता लिए राजीनामा

श्रावण ८ २०७८, शुक्रबार

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर रावलले राजीनामा फिर्ता लिएका हुन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताए ।

साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुभन्दा अगाडि रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै राजीनामा दिएका थिए ।तर, उनको राजीनामा सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृत गरेका थिएनन्।