काठमाडौं । नेकपा एमाले भित्र विवाद चर्किएर विभाजनतर्फ उन्मुख सांसदहरू पार्टी एकता अभियानमा लागेका छन्।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु पार्टी एकता अभियानमा लागेका हुन् ।
पार्टी विभाजनले गर्दा प्रधानमन्त्री पद समेत गुमाएका ओली र आफ्नै पार्टी छोडेर अर्को पार्टीलाई समर्थन दिएका नेपालबीच विवाद बढ्नाले प्रधानमन्त्री पद कांग्रेसको पोल्टामा परेको छ ।
सिंहदरबारमा बसेको बैठकमा अध्यक्ष ओली र नेपाल समूहका सांसदहरु विभाजन रोक्न सहमत भएका छन् । यो अभियानमा ओली तर्फबाट कृष्णप्रसाद दाहाल, डा. सूर्य पाठक र लालप्रसाद लगायत छन्, भने नेपाल तर्फबाट यज्ञराज सुनुवार, झपट रावल र जयकुमार राई लगायत सहभागी छन् ।
एकता जोगाउन सुरु भएको अभियानलाई अझ सशक्त बनाउदै लैजाने जनाइएको छ ।