काठमाडौँ। राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले प्रतिनिधि सभा विघटनका विषयमा सर्वोच्च अदालतले गरेको फैसला विश्वकै नमुना रहेको बताएका छन्। बिहीबार राष्ट्रिय सभामा बोल्दै उनले नेपालको नजिर विश्वका लागि अब उदाहरणीय बन्ने दाबी समेत गरे।
‘अहिलेको अदालतले गरेको व्याख्या संसारकै नमुना छ। हिजो बेलायत, भारत, अमेरिका, पाकिस्तानका नजिर हामीले पढ्थ्यौं। अब बेलायतले नेपालको नजिर पढ्दैछ। विश्वका अरु देशले यसलाई नमुना बनाउँछन्।’उनले भने।
संविधानको अन्तिम व्याख्याको अधिकार अदालतलाई दिइएको बताउँदै उक्त फैसलाको विरोध गर्नू गलत भएको उनले बताए। जनताले बनाएको संविधानमा उल्लेखित कुरा सार्वजनिक ओहदामा रहेकाहरुले मान्नुपर्ने संवैधानिक दायित्व भएको उल्लेख उनले गरे।
साथै उनले सडक विरोध प्रदर्शन गरेर एमालेले कोरोना फैलाउन खोजेको आरोप लगाएका छन्