• मंसिर १५ २०८१, शनिबार

नेताहरुको आफ्नै सोच र स्वार्थका कारण कांग्रेस र नेकपा संकटमा : बाबुराम भट्टराई

श्रावण ७ २०७८, बिहीबार

काठमाडौँ। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीलाई संरचनात्मक संकटमा पर्नुको कारण नेताहरुको सोच र स्वार्थ भएको बताएका छन् ।

बिहीवार सामाजिक सञ्जालमामार्फत भट्टराईले बीपी कोइराला स्मृति दिवस मनाइरहँदा मुखले गुणगान गाए पनि काममा आफ्नो सानो सोच रहेको टिप्पणी गरेका हुन् ।

बीपी कोइराला र पीएल सिंहलाई आधुनिक नेपाली इतिहासको अग्रणी व्यक्ति भएको उल्लेख गर्दै कांग्रेस र कम्युनिस्ट पार्टीका नेताहरुलाई कटुसत्य नबिर्सनसमेत भट्टराईको आग्रह छ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,‘आधुनिक नेपाली इतिहासका दुइ अग्रणी व्यक्तित्व बिपी र पीएलको स्मृतिदिवस (क्रमश: साउन ६ र ७ गते)मनाइरहॅदा मुखले वहाॅहरूको गुणगान गर्ने तर काम आफ्नै सानो सोच र स्वार्थ अनुरूप गर्ने प्रवृत्तिले समग्र नेपाली राजनीति र विशेषत: नेका र नेकपालाई संरचनात्मक संकटमा धकेलेको कटुसत्य नबिर्सौं!’