• फाल्गुन २७ २०८२, बुधबार

काँग्रेस सांसद अमरेशकुमारले दिए सांसद पदबाट राजीनामा

श्रावण ६ २०७८, बुधबार

काठमाडौं । कांग्रेस सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सांसद पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन् ।

क्रियाशील सदस्यता विवादलाई लिएर नेता सिंहले बुधबार प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।
क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्टी कार्यालयमा सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन् ।

उनीहरुले पार्टी विधानविपरीत क्रियाशील सदस्यता दिएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरेका छन् । धर्नामा बसेकाहरुको मागमा ऐक्यवद्धता जनाउँदै सांसद सिंहले राजीनामा बुझाएका हुन् । नेता सिंह सर्लाहीबाट निर्वाचित सांसद हुन् ।