• फाल्गुन २७ २०८२, बुधबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकियो, के- के भयो निर्णय ?

श्रावण ६ २०७८, बुधबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज बोलाएको केन्द्रीय कमिटीको बैठक भर्खरै सकिएको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकले प्रतिगमनविरुद्ध थालेको संघर्ष सफल भएकाले पार्टीलाई व्यवस्थित गर्न केन्द्रित हुने निर्णय गरेको छ ।

त्यसअनुसार २१ गते ११ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको छ । त्यो बैठकको तयारीका लागि १७ गते स्थायी कमिटी बैठक बस्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

बुधबारको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा गठबन्धनका शक्तिहरुसँग छलफल गर्ने निर्णय भएको पनि श्रेष्ठले जानकारी दिए।