• मंसिर १२ २०८१, बुधबार

पछिल्लो २४ घण्टामा थप २८३८ जनामा कोरोना सङ्क्रमण, ३० को मृत्यु

श्रावण ६ २०७८, बुधबार

काठमाडौं । देशभर थप २ हजार ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ७१५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ९१८ जना र ३ हजार ९०१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना संक्रमितहरु कोरोनामुक्त भएका छन्, भने ३० संक्रमितको मृत्यु भएको छ ।