• मंसिर १५ २०८१, शनिबार

एमालेले सोध्यो २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण

श्रावण ६ २०७८, बुधबार

काठमाडौँ। नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोधेका हुन्

प्रधानमन्त्री देउवालाई आइतवार विश्वासको मत दिएका २२ सांसदलाई स्पष्टीकरण सोध्दै पत्र पठाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

स्पष्टीकरणमा पार्टी अनुशासन उल्लंघन गरेको र संसदीय दलको विधानविपरीतका क्रियाकलाप गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण चित्तबुझ्दो नदिएमा साधारण सदस्यलगायत पार्टीको जिम्मेवारीबाट निष्कासन किन नगर्ने ? भनी प्रश्न समेत सोधिएको छ ।

सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण पत्र सोध्ने निर्णय गरेको थियो ।