काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोना संक्रमणबाट जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।
बुधबार काठमाडौंमा नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न सरकार लागि परेको र यसका लागि निजी क्षेत्रको साथ आवश्यक रहेको बताए ।
उनले मुलुकमा विकास लगाएत धेरै कुराको आवश्यक रहेपनि अहिले भने सरकारको ध्यान कोरोना नियन्त्रणमा ल्याउनेमा रहेको धारणा राखे । प्रधानमन्त्री देउवाले नेपालमा कोरोनाको तेश्रो भेरियन्ट भित्रन नदिन हरसम्भव तयारी गरिरहेको उल्लेख गरे ।
उनले सवै नागरिकलाई खोपको पहुँचमा पुराउने प्रतिवद्धता दोहोर्याए । कोरोना नियन्त्रण र रोकथामका लागि सरकारलाई साथ दिन उनले निजी क्षेत्रलाई आह्वान पनि गरे । उहाले अहिलेको अर्थमन्त्री मेहनती र भिजन भएको भन्दै नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा सुधार गर्ने विश्वास व्यक्त गरे ।