• मंसिर १५ २०८१, शनिबार

खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक जारी

श्रावण ६ २०७८, बुधबार

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल-माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बसिरहेको छ । काठमाडौंको शंखमुलमा केहिबेर अघिदेखि बैठक शुरु भएको हो ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २१ सांसदसँग छलफल गरेका नेता नेपालले बुधबार आफूनिकट पार्टीका स्थायी कमिटी सदस्यहरुसँग छलफलमा जुटेका हुन् ।

स्थायी कमिटीमा पछिल्लो राजनीतिक परिस्थिति र आगामी रणनीतिबारे छलफल भइरहेको बताइएको छ।

अध्यक्ष केपी शर्मा ओली पक्षले देउवालाई विश्वासको मत दिएका नेता नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको छ । सोमबार देखि सुरु भएको केन्द्रीय कमिटी बैठक बुधबार पनि बस्दै छ ।