नेकपा एमाले सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्यहरूले नेता भीम रावललाई सांसद पदबाट राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।बुधबार रावल निवास पुगेका सांसदहरुले राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् ।
उनीहरुले रावलले निर्णयमा पुनर्विचार नगरेमा आफूहरुले पनि प्रदेश सांसद पदबाट राजीनामा दिने चेतावनीसमेत दिएको स्रोतले जनाएको छ ।
सुदूरपश्चिमको सक्रिय राजनीतिमा लागेको व्यक्ति संघीय संसदमा रहिरहनुपर्ने माग उनीहरुले रावल समक्ष राखेका छन् । रावलले भन्े आफुले राजीनमामा पार्टीलाई एक बनाउने उद्देश्यले दिएको भन्दै फिर्ता गर्ने पक्षमा नरहेको जवाफ दिएका छन् । सबैतिरवाट दवाव आएकाले फिर्ता गर्ने या नगर्ने भन्नेमा समेत निर्णयमा पुग्न नसकेको उनको भनाइ छ।
रावलले वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अडान राखेपछि २९ असारमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष सांसद पदबाट राजीनामा दिएका थिए । तर सभामुखले उनको राजीनामा स्वीकृत गरेका छैनन् । रावललाई पार्टीभित्रबाट समेत राजीनामा फिर्ता लिन दबाब छ ।