• मंसिर १५ २०८१, शनिबार

प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेटवार्ता

श्रावण ६ २०७८, बुधबार

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बुधबार विहान प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री देउवा र ठाकुरबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।

जसपको ठाकुरपक्षले प्रधानमन्त्री देउवासँग जेलमा रहेका रेशम चौधरीको रिहाइ, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय उठाइरहेको छ ।

त्यस्तै, दुई नेताबीच सरकारमा सहभागिताका विषयमा पनि छलफल भएको जनाइएको छ ।