काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। आजको स्थायी कमिटी बैठकमा क–कसलाई सरकारमा पठाउने नाम टुंगो लगाउने र अन्य समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको बताइएको छ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रले पम्फा भुसाल र जनार्दन शर्मालाई पठाइसकेको छ । अन्य को-को सरकारमा जाने भन्नेबारे टुंगो लागिसकेको छैन ।
सरकारमा सहभागिताका विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए ।