• फाल्गुन २७ २०८२, बुधबार

केपी ओली र विप्लवबीच के कुरा भयो ?

श्रावण ६ २०७८, बुधबार

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल एमालेका अध्यक्ष केपी ओली र नेपाल कम्युनस्टि पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

मंगलबार ओली निवास बालकोटमा नेकपाका भएको भेटवार्तामा सहभागी एमाले नेता राजन भट्टराईका अनुसार भेटमा चन्दले यसअघि भएको सहमति अनुसार अगाडि बढ्ने जानकारी दिएका थिए । गोरखापत्रमा खबर छापिएको छ ।

पछिल्ला केही दिन यता विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधव नेपाल, नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य र जसपा सङ्घीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेट गरिसकेका छन् ।

नेताहरूसँगको भेटमा विप्लवले तीन बुँदे सहमतिको कार्यान्वयन तथा अझै हिरासतमा रहेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको बारेमा चासो व्यक्त गरेका थिए ।