• मंसिर १० २०८१, सोमबार

रावलको राजनीनामा फिर्ता गराउन सुदूरपश्चिमका १७ एमाले नेता काठमाडौंमा

श्रावण ६ २०७८, बुधबार

काठमाडां । एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएपछि सुदूरपश्चिमका एमाले नेताहरू काठमाडौं आएका छन् ।

उनीहरू रावलको राजीनामा फिर्ता गराउन र माधव नेपाल समूह नछाड्न दबाब दिन काठमाडौं आएका हुन् ।
सुदूरपश्चिमका केन्द्रीय सदस्य, प्रदेश सांसद र प्रदेशका मन्त्रीसहितको १७ जनाको टोली यति बेला काठमाडौंमा छन् । मंगलबार साँझ उनीहरूले नेता रावललाई भेटेका छन् ।

बुधबार बिहान नेता नेपालसँग भेट्ने तयारी छ । मन्त्री प्रकाशबहादुर शाह, दीर्घराज सोडारीसहितका नेताहरू काठमाडौं आएका हुन् ।

रावलले शेरबहादुर देउवालाई विश्वासको मत दिने नेता नेपालको निर्णयमा असहमति जनाउँदै आइतबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए । यो समाचार नागरिक दैनिकमा छ ।