काठमाडौं । नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालसँग छलफल गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।
नेता नेपाललाई भेट्न सवा आठ बजे कोटेश्वर पुगेका प्रचण्ड नौ बजेतिर फर्किएका थिए । कोटेश्वरबाट फर्किएपछि प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।
प्रचण्ड र नेता नेपालबीच समसामयिक राजनीति र सरकार सञ्चालनका विषयमा कुराकानी भएको बताइएको छ । नेपाल निवासबाट प्रचण्ड बाहिएलगत्तै जसपाका अध्यक्ष उपेन्द्र यादव नेता नेपाललाई भेट्न पुगेका थिए ।
सरकारमा सहभागिता र मन्त्रालय भागबण्डाका विषयमा आज टुङ्गो लगाउने तयारी गठबन्धनका दलहरुले गरेको जनाइएको छ ।
विश्वासको मत पाएसँगै प्रधानमन्त्री देउवा मन्त्रिपरिषद बिस्तार गर्ने तयारीमा लागेका छन्।