काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाललाई खोप दिने दाता राष्ट्रहरूसँग थप खोप सहयोग माग्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा बसेको बैठकले खोप दाता राष्ट्रहरूलाई धन्यवाद दिँदै खोप उप्पादक तथा अन्य राष्ट्रहरूलाई कोभिड खोपमा सहयोग गर्न आह्वान गर्ने निर्णय गरेको हो ।