• मंसिर १२ २०८१, बुधबार

सामाजिक संजालमा कानुन विरोधी कार्य नगर्न साईवर ब्यूरोको अनुरोध

श्रावण ४ २०७८, सोमबार

काठमाडौँ । नेपाल प्रहरीको साईवर ब्यूरोले सामाजिक संजालहरुमा विभिन्न व्यक्तिहरुको नाममा फेक आइडी बनाएर उनीहरुको नाम, तस्बिर र भिडियो दुरुपयोग भएको भन्दै त्यसो नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालले सोमबार एक सूचना सार्वजनिक गर्दै ‘कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनेर रोक लगाएका सामाग्रीहरु, सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री, कसैप्रति घृणा वा द्धेष फैलाउने उद्धेश्यबाट प्रकाशन प्रसारण गरेको पाइएको हुँदा त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानुन बमोजिम ब्यूरोबाट कारवाही हुने कुरा’ बताएका छन् ।

कोभिड–१९ ले ल्याएको संक्रमणकालिन समयमा समेत सामाजिक संजालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्धेश्यबाट त्यस्ता सामग्री बनाउने प्रकाशन, प्रसारण गर्ने गरेको पाइएको हुँदा भनेर त्यस्ता कार्यहरु नगर्न, नगराउनु हुन साइबर ब्यूरोले अनुरोध गरेको छ ।

साईवर ब्यूरोले निकालेको सूचना