काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार सांसद पदबाट राजीनामा दिएका पार्टी उपाध्यक्ष भीम रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन सुझाव दिएका छन् ।
सोमबार १० औँ केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले रावललाई राजीनामा दिन नमिल्ने र राजीनामा फिर्ता लिन सुझाव दिएका हुन् ।
अध्यक्ष ओलीले भने, ‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने । सकिन्छ भने अझै राजीनामा फिर्ता लिनुस् ।’
उपाध्यक्ष भीम रावलले आइतबार राजीनामा दिएका थिए ।