• बैशाख ९ २०८२, मंगलवार

सरकारको प्राथमिकता खोप, खोप र खोपः प्रधानमन्त्री देउवा

श्रावण ३ २०७८, आईतवार

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारको प्राथमिकता नागरिकको जीवन रक्षा रहेको बताएका छन् ।

संसद बैठकमा बोल्दै उनले सरकारको प्राथमिकता खोप रहने बताएका हुन् ।

उनले भने, ‘सरकारको पहिलो प्राथमिकता खोप दोस्रो प्राथमिकता खोप, तेस्रो प्राथमिकता खोप, खोप, खोप, उनले भने, विकास इज इम्पोर्टेन्ट, लाइफ इज मोर इम्पोर्टेन्ट!’

उनले राष्ट्रिय हितको निम्ती सबै दलसँग मिलेर काम गर्ने बताउँदै छिमेकसँग राम्रो सम्बन्ध स्थापना गर्नेगरी अघि बढ्ने प्रतिबद्धता जनाए ।