काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकारले भ्रष्टाचार गर्दिन गर्न पनि दिन्न भन्नु भ्रष्टाचारको ढाकछोप गर्न बोलिएको बोली भएको समेत बताएका छन् ।
प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मतको प्रस्ताव पेश गरेपछि त्यसको समर्थनमा बोल्दै उहाँले ओली सरकार भ्रष्टाचारमा डुबेको बताए ।
दुई दुई पटक प्रतिनिधिसभा विघटन गर्ने जस्तो असंवैधानिक काम हुने पहिल्यै थाहा भएको भए गत चुनावमा एमालेसँग एकता र गठबन्धन गर्ने कुरै नहुने समेत बताए ।
आफैले समर्थन गरेका नेताले असंवैधानिक काम गर्दा आफूलाई अप्ठ्यारो महसुस गरेको उनको भनाई छ ।
पुनःस्थापित संसदले निवर्तमान प्रधानमन्त्री केपी ओलीकै मुखबाट केही कुरा सुन्न चाहेको तर उहाँ नआउँदा अस्वभाविक महसुस भएको बताउँदै भन्नुभयो, मलाई अस्वभाविक महसुस भएको छ, यो लोकतान्त्रिक हो कि अलोकतान्त्रिक हो भनेर भने ।
उनले पहिलो पटक संसद विघटनको प्रयास गर्दा पार्टीमा झगडा भएको कारण विघटन गरेको भन्दै ओलीले अभिव्यक्ति दिएको भन्दै उनले पार्टीमा झगडा भएर संसद विघटन गर्ने व्यवस्था चलन कहाँ छ ? भन्दै प्रश्न समेत गरे ।