• मंसिर १२ २०८१, बुधबार

प्रधानमन्त्री देउवाले सोमबार खोप केन्द्रहरूको अनुगमन गर्ने

श्रावण ३ २०७८, आईतवार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार काठमाडौं उपत्यकाभित्रका विभिन्न खोप केन्द्रहरूको स्थलगत अनुगमन गर्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सोमबार बिहान १० बजे प्रधानमन्त्री देउवा खोप केन्द्रमा अनुगमन गर्न जाने जानकारी दिएको हो।
प्रधानमन्त्री देउवाले शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताललगायतमा पुगेर खोप केन्द्रको अनुगमन गर्ने भएका छन्।

आजै प्रधानमन्त्री देउवाले स्वास्थ्य सचिवलगायतलाई बोलाएर खोप केन्द्रहरू वृद्धि गर्न निर्देशन दिएका थिए ।