• मंसिर १५ २०८१, शनिबार

प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप

श्रावण ३ २०७८, आईतवार

काठमाडौं । आइतबार दिउँसो नयाँबानेश्वरस्थित संसद् भवनमा बसेको सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रतिनिधिसभाको आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

आज ४ बजे पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लागेकाले सबैलाई संसद्मा उपस्थित हुन ह्विप जारी गरिएको हो । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ ।

बैठकमा गठबन्धनमा सहभागी सबै दलले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने र बहुमतसहित प्रधानमन्त्री देउवाले विश्वास मत पाउने आंकलन गरिएको छ ।